काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वजनमुक्ति सेनाका कमाण्डर जनार्दन शर्माले प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध नहुने बताएका छन् । गणतन्त्र सेनानी कोषले बुधबार राजधानीमा राखेको सम्मान कार्यक्रममा बोल्दै उनले प्रचण्डकै नेतृत्व भएकाले संघीय गणतन्त्र ल्याउन सम्भव भएको भनाइ राखे ।
‘प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन । गणतन्त्र ल्याउनका लागि सम्पूर्ण श्रेय प्रचण्डलाई दिन चाहन्छु’, उनले भने । कार्यक्रममा जनयुद्धका धेरै कथाहरू र धेरै सत्यहरू उजागर गर्न बाँकी रहेको उनले बताए । त्यतिबेला युद्धमा मृत्यु कि मुक्तिको संकल्प बोकेर हिँडेकाले अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०८१, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव र मेरोबिच फाटो ल्याउन भ्रम छरिए : जनार्दन शर्मा
विद्युत् अनुमतिपत्र होल्ड र बिक्री गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : जनार्दन शर्मा
‘जनयुद्ध’ शब्द प्रयोग गर्न सर्वोच्चले रोक लगाउनु लोकतन्त्रको उपहास हो : जनार्दन शर्मा
स्थानीय स्रोतको उपयोगमा नेता शर्माको जोड
कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी छः जनार्दन शर्मा
माओवादी आन्दोलनलाई एकतावद्ध गर्न ठूलो छाती गर्नुपर्छ : जनार्दन शर्मा