काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै कांग्रेस नेतृत्वमा सरकार बन्ने ढोका खुलेको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने प्रायः निश्चितजस्तै छ ।
६ महिनाअघि महेन्द्रबहादुर शाही नेतृत्वको सरकार संकटमा पर्दा कांग्रेसले उनलाई सघाएको थियो । त्यसबेला माओवादीले कांग्रेससँग ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति गरेको थियो । त्यही सहमति अनुसार शाहीले आज राजीनामा दिएका छन् ।
राजीनामाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शाहीले नेपाली कांग्रेसलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गरेको बताए । नयाँ बन्ने सरकारलाई आफ्नो दलको पूर्ण सहयोग रहने उनको भनाइ छ । शाहीको उक्त भनाइले आगामी दिनमा पनि अहिलेकै सत्ता गठवन्धन जारी रहने संकेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ कार्तिक २०७८, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सांसद जीवनबहादुर शाही स्वतः निलम्बनमा