न्यायपालिका चेक एन्ड ब्यालेन्स सिस्टममा चल्नुपर्छ : प्रकाशमान सिंह

सफल खबर संवाददाता

शनिबार, १३ कार्तिक २०७८, १० : ३३
न्यायपालिका चेक एन्ड ब्यालेन्स सिस्टममा चल्नुपर्छ : प्रकाशमान सिंह

file photo

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कार्यपालिका र न्यायपालिका संविधानको मर्म अनुसार चेक एन्ड ब्यालेन्स सिस्टममा चल्नुपर्ने बताएका छन् ।नेपाली कांग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमहामन्त्री सिंहले यस्तो बताएका हुन् । 

‘न्यायपालिकाले कार्यापालिकालाई प्रभावित पार्ने, कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गर्दा व्यवस्थामा खतरा हुन्छ,’ उनले भने,  ‘संविधानअनुसार जिम्मेवारी बहनमा कमी आएकाले समस्या भएको हो, संविधानको भावना र मर्म अनुसार चल्नुपर्छ ।’

उनले न्यायालयमा हुन नहुने घटना भइरहेको र जिम्मेवार नेताहरूले यसमा सकेसम्म चाँडो समाधान दिनुपर्ने बताए ।

स्वार्थका लागि विधि र प्रक्रिया थन्काएर जे पनि गर्दा हुन्छ भन्ने प्रवृत्तिमा अगाडि बढेमा सिस्टम खलबल हुने उनले बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आचरण र गतिविधिमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायाधीश र नेपाल बार एसोसिएसनले राजीनामा माग गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस