प्रकाशमान सिंहको स्वास्थ्यवस्था बुझ्न कांग्रेस नेताहरू भारतमा

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, ११ : १०
प्रकाशमान सिंहको स्वास्थ्यवस्था बुझ्न कांग्रेस नेताहरू भारतमा

नयाँ दिल्ली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत छन् । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरसहितका नेताहरुले हस्पिटल पुगेर नेता सिंहको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।

सोमबार केन्द्रीय सदस्य महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू हस्पिटल पुगेका थिए । मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँ दिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो।

महरले नेता सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए ।  नेता महर एक साता दिल्लीमा रहने छन् ।  महरले नयाँ दिल्लीमा आयोजना हुने नेपाली जनसम्पर्क समिति भारतको ४८ औँ स्थापना दिवसको कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस