प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, १४ : ३०
प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी लगाइरहेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन् । 

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् । 

एमाले विभाजनमा सभामुख सापकोटाले पदीय मर्यादाविपरीत काम गरेको एमालेको आरोप छ । 

प्रतिक्रिया दिनुहोस