काठमाडौँ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक हालसम्म बस्न सकेको छैन । सभामुख देवराज घिमिरेले हिंसा शब्दमा दिएको रूलिङ नमान्ने अडानबाट प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र पछाडि नहट्ने बताएको छ । सोही कारण बैठक बस्न नसकेको हो ।
संघीय संसद् सचिवालयका अनुसार सदन चलाउने विषयमा सभामुख देवराज घिमिरेले उपसभामुख सहित दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । ‘छलफलमा विषय मिलेन भने सूचना टाँस गरेर बैठक स्थगन हुन सक्छ‚’ सचिवालयले भन्यो ।
आज बिहान सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा पनि विषय मिल्न सकेको थिएन । त्यसपश्चात् बसेको माओवादीको अनौपचारिक बैठकले सदन चल्न अवरोध गर्ने निर्णय गरेको थियो । भदौ १२ मा बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेका थिए । त्यस विषय रेकर्डबाट हटाउनुपर्ने माओवादीको माग थियो । तर‚ सभामुखले हिंसा शब्द नहटाउने रुलिङ बिहीबार गरेपछी माओवादी आक्रोशित हुँदै सभामुखको रूलिङ नमान्ने अडान लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० भदौ २०८१, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध
प्रतिनिधिसभा बैठक सुरु
संसद् बैठकको समय सर्यो
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो