काठमाडौँ । नेकपा एमालेले भोलि (आइतबार) बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ । भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएकोले बहुमत जुटाउन सकस छैन । यद्यपि ओलीले दुई तिहाइ समर्थन जुटाउने लक्ष्यका साथ साना दलहरूसँग पनि विश्वासको मत मागिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ साउन २०८१, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध
प्रतिनिधिसभा बैठक सुरु
संसद् बैठकको समय सर्यो
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची