काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सहकारीमा आफूले निवेदन दिएर ऋण लिएको प्रमाण अहिलेसम्म नपाएको बताए ।
उनले गगनलाई लक्षित गर्दै भने, ‘एकजनाले मैले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नुभएको थियो, मैले भनेको थिएँ त्यो प्रमाण बाटोमा तपाईंले जहाँ फ्याकेर हिँडेपनि म राजनीति छाड्छु भनेर । मैले आजसम्म त्यो प्रमाण पाउन सकेको छैन । यसरी सदनलाई झुक्याउने गलत कुराहरु भन्दिने ।’
उनले ठूला भ्रष्टाचारको काण्डहरुमा गलत सूचनाहरु दिएर संसद र राष्ट्रलाई भ्रममा पार्ने काम गर्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो सरकारले जिउँदै छोड्नु नै मेरो जित हो: रवि लामिछाने
पार्टी कार्यालयमा रवि लामिछानेले बजाए घण्टी
रवि लामिछाने फर्किए पार्टीको जिम्मेवारीमा
रवि लामिछानेले गरे कुलमानलाई बर्खास्त गर्ने निर्णयको सांकेतिक विरोध
मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने
रवि लामिछाने पुनरावेदनका लागि पाटन उच्च अदालत पुगे