नेकपा एसमा मन्त्रीहरुको जिम्मेवारी हेरफेर, खापुङ स्वास्थ्य राज्यमन्त्री बन्दै

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १४ : ४३
नेकपा एसमा मन्त्रीहरुको जिम्मेवारी हेरफेर, खापुङ स्वास्थ्य राज्यमन्त्री बन्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेको छ ।सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीको नाम हेरफेर गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको हो ।

यसअघि सहरी विकास भनिएका विरोध खतिवडालाई स्वास्थ्यमन्त्री बनाइने भएको छ । त्यस्तै रामकुमारी झाँक्रीलाई पर्यटन र प्रेम आलेलाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिन सिफारिस गरिएको एक नेताले बताए । किसान श्रेष्ठ श्रममन्त्री बन्ने भएका छन् भने भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।