प्रतिनिधिसभाको अबको बैठक २५ असोजमा बस्ने

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १४ : ०६
प्रतिनिधिसभाको अबको बैठक २५ असोजमा बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही २५ असोजमा बस्ने भएको छ । शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २५ असोज सोमबार बस्ने जानकारी दिएका हुन् । 

शुक्रबारको बैठक संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ ।

साथै बैठकले रेल्वे विधेकय २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको छ । 

प्रतिक्रिया दिनुहोस