कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा जिल्ला अदालत कास्कीले थुनछेक बहस सकेर आदेशको तयारी गरेको छ । आजै बेलुकासम्ममा आदेश जारी हुने अदालत स्रोतले बतायो ।
देशकै कान्छा न्यायाधीश कहलिएका नितीज राईको इजलासमा थुनछेक बहस भएको हो । अदालतले रविलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनामुक्त गर्ने आदेश दिने छ । रविका समर्थकहरू उनी थुनामुक्त हुने प्रतीक्षामा छन् ।
आदेश आउने तयारीसँगै अदालत परिसरमा चहलपहल बढेको छ । रास्वपा नेता-कार्यकर्ताहरू अदालत भित्रबाहिर गरिरहेका छन् । रवि लामिछाने अदालतभित्रै छन् । उनलाई अदालतको थुनुवा विश्राम कक्षमा राखिएको छ । अहिले उनकी पत्नी निकिता पनि सोही कक्षमा आदेशको प्रतीक्षा गरेर बसिरहेको स्रोतले बतायो ।
अदालत बाहिर प्रहरीले सुरक्षामा कडाइ गरेको छ । सुरक्षाकर्मीहरू बाक्लो संख्यामा तैनाथ गरिएका छन् । यदि रविलाई छोड्ने आदेश अदालतले दियो भने पनि उनी थुनामुक्त भने हुने छैनन् । अन्य स्थानमा पनि मुद्दा चलेकाले पुन: पक्राउ गरिहाल्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
सरकारी वकिलको बहस सकियो, सहकारी पीडितको तर्फबाट बहस चल्दै
जिल्ला अदालतले रवि लामिछानेलाई प्रहरीको जिम्मा लगायो
रविको पक्षमा वरिष्ठ अधिवक्तासहित ६ जनाले बहस गर्ने
रवि लामिछानेविरुद्ध अभियोजनमा त्रुटि गरेको भन्दै चितवनका जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु