नेकपा एसलाई स्वास्थ्य मन्त्रालय दिएर कानुन लियो कांग्रेसले

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, १९ : ४३
नेकपा एसलाई स्वास्थ्य मन्त्रालय दिएर कानुन लियो कांग्रेसले

काठमाडौं । आफ्नो दलले पाएको मन्त्रालयप्रति नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएपछि कांग्रेसले आफूले राख्ने भनेको स्वास्थ्य मन्त्रालय दिने भएको छ । कांग्रेसले स्वास्थ्य दिएर कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिने सहमति भएको स्रोतले जनाएको छ । 

आज भएको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएपछि सहमति जनाएको थियो । एकीकृत समाजवादीले स्वास्थ्यसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ । बागमती र प्रदेश १ को मुख्यमन्त्री पनि एकीकृत समाजवादीले पाउने भएको छ ।