काठमाडौं । चर्चित युवा नेत्री रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीमा उपाध्यक्ष बन्ने लगभग तय भएको छ । पार्टीको जारी महाधिवेशनमा उनीसहितको पदाधिकारी टिम र केन्द्रीय समितिको भोलि घोषणा हुनेछ ।
आज तीन जना प्रमुख नेताहरूको पुरानै पदलाई निरन्तरता दिने घोषणा गरियो । जसअनुसार अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल दोहोरिएका छन् । अन्य पदाधिकारी चयन भएको छैन ।
पदाधिकारी सर्वसम्मत चयन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ । आज घोषित अध्यक्ष, सम्मानित नेता र महासचिवको तीन सदस्यीय टीमलाई सचिवालय भनिएको हो । सचिवालयले भोलि सबै सूची तयार गरेर भोली बिहान १० बजे घोषणा गर्ने भनिएको छ । यससँगै महाधिवेशन प्रतिनिधिले नेतृत्व चयनको अधिकार गुमाएका छन् ।
आज भएको आन्तरिक सहमति अनुसार झाँक्रीलाई उपाध्यक्ष बनाइने छ । उनी यसअघि सचिव थिइन् । अहिलेका अन्य सचिवहरूले सोही पदमा निरन्तरता पाउने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० असार २०८१, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसले पुराना नेतालाई गर्यो सम्मान
नेकपा एसको महाधिवेशनको तयारी पूरा, यस्तो छ नेता बन्ने मापदण्ड
नेकपा एसको अध्यक्षमा घनश्याम भुसाललाई सघाउन झलनाथ खनाल तयार
नेकपा एसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने
नेकपा एसको सचिवालय बैठक बस्दै
नेकपा एस केन्द्रीय कमिटी बैठक: महाधिवेशनमा पेस गर्ने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु