संविधान दिवसमा चितवन कारागारका २३ कैदीलाई आममाफी

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, १४ : ३७
संविधान दिवसमा चितवन कारागारका २३ कैदीलाई आममाफी

चितवन  । संविधान दिवसको अवसरमा चितवन कारागारका २३ कैदीले आममाफी पाएका छन् । बानी व्यवहारमा राम्रो आचरण भएका र आधा कैद भुक्तान गरिसकेका कैदीलाई संविधान दिवसको दिन राष्ट्रपतिले आममाफी दिने गरेकी छन् ।

आममाफी पाएका २३ जना कैदी आइतबार कारबागारबाट छुटेका चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए । आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका नौजना, कर्तव्य ज्यानका  तीनजना, ज्यान मार्ने उद्योगका दुईजना, बहुविवाहका चारजना, हातहतियार मुद्दाका एक र चोरी मुद्दाका चारजना कैदी छन् । 

उनीहरू छुटेपछि अब कारागारमा तीन आश्रित बालिका र ६ सय ९१ जना कैदी बाँकी रहेका काफ्लेले बताए । बाँकी कैदीमध्ये ४५ महिला र ६ सय ४६ पुरुष कैदी छन् । चितवन कारागारको क्षमता दुई सय ८० जना रहेको छ । तर, यस कारागारमा क्षमताको तीन गुणासम्म कैदीलाई राख्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस