डडेल्धुरा लगायतका जिल्लामा पुनः वडा अधिवेशन गर्न पौडेल पक्षको माग

सफल खबर संवाददाता

सोमबार, २८ भदौ २०७८, १७ : ०४
डडेल्धुरा लगायतका जिल्लामा पुनः वडा अधिवेशन गर्न पौडेल पक्षको माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुरा लगायतका जिल्लामा बलपूर्वक र लोकतान्त्रिक मान्यता विपरीत गरिएका १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन पुनः गर्न माग गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौडेल पक्षले संस्थापन पक्ष मनोमानी र श्वेच्छाचारी ढंगले चलेको निष्कर्ष निकाल्दै सभापतिको सहभागिता र सहमतिलाई निषेध गरेर वडा अधिवेशन गर्नु लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य–परम्पराको खिल्ली उडाइएको निष्कर्ष निकालेको हो ।

कांग्रेसको विधानको धारा ४ अनुसार क्रियाशील सदस्यताको प्रारम्भ नै वडा समितिबाट प्रस्तावित भइ आउने र विवाद देखिए सहमतिमा टुंगो लगाउने स्पष्ट व्यवस्था भएको वरिष्ठ नेता पौडेलद्वारा वारी विज्ञप्तिमा स्मरण गराइएको छ ।

विवाद बढेमा १३औं महाधिवेशनका क्रियाशील सदस्यको आधारमा अधिवेशन हुने बाँकीलाई विधि र प्रक्रिया पुर्याएर १५औं महाधिवेशनमा सहभागी गराइने केन्द्रीय कार्यसमितिको निर्णयविपरीत वडा अधिवेशन सुरु भएकोमा पनि उनले असहमति जनाए।सभापति र संस्थापन पक्षले पार्टीको विधान र केन्द्रीय कार्यसमितिको निर्णलार्ई लत्याएर बलपूर्वक अघि बढेको पौडेल पक्षको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस