प्रधानमन्त्रीलाई विप्लवको जवाफ : एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन्

सफल खबर संवाददाता

सोमबार, २८ भदौ २०७८, १६ : ५७
प्रधानमन्त्रीलाई विप्लवको जवाफ : एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन्

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सम्झौता पढेरै बुझेर विरोधमा उत्रिएको बताए ।

विप्लवले एमसीसी सम्झौतामा दलहरूले कुरै नबुझेको, दलहरू अबुझ हुँदा गाह्रो भएको भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिमा आपत्ति जनाए । प्रधानमन्त्री देउवालेसमेत कुरै बुझेको छैन भनेछन् । पढेर त मान्छेले भनिराखेको छ । त्यसै भन्छ ? विप्लवले प्रश्न गरे, यहाँ प्रधानमन्त्री निवासको जमिन बेचेर खाने मान्छेले के भन्छ भन्दा तपाईले बुझ्नु भाुछ छैन । वैदेशिक रोजगारीमा नेपाली ठग्नेले भन्छ, तपाईंहरूले बुझेको छैन ।

नेता विप्लवले जसले वास्तविक बुझेको छ उसले विरुद्धमा बोलेको पनि तर्क गरे । जसले बुझेर बाकस मात्रै देखेको छ, डलर मात्रै देखेको छ, उसले बुझपचाएको छ, उनले भने, कुरा जनताले होइन देशका दलालले नबुझेका हुन् । नेपालभन्दा एमसीसीमा बढी तलब पाउँदा सचिवको आँखा बन्द भएको हो । उनले जनताले कुरा बुझेको होइन भन्छ । यहाँको सरकारभन्दा राम्रो डलर दिएपछि मान्छेहरू गुणगान गाइरहेका छन् ।विप्लवले कुरा बुझेरै अधिकार लागि लडेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस