शक्तिको दुरुपयोग गरेर देउवा पार्टी कब्जा गर्ने दुस्साहस गरे : रामचन्द्र पौडेल

सफल खबर संवाददाता

सोमबार, २८ भदौ २०७८, १५ : ३९
शक्तिको दुरुपयोग गरेर देउवा पार्टी कब्जा गर्ने दुस्साहस गरे : रामचन्द्र पौडेल

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् । 

कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका हुन् । 

पार्टीको १४औँ महाधिवेशन कार्यक्रमअन्तर्गत भएका वडा अधिवेशनमा देउवाले शक्तिको दुरुपयोग गरेको नेता पौडेलको भनाइ छ । सत्ता र शक्तिको दुरुपयोगबाट सम्पन्न भएका केही वडा अधिवेशन आफूहरूलाई मान्य नहुने चेतावनी दिँदै नेता पौडेलले भने, ‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ।

धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरूपयोग गर्न कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन। यसलाई मान्दैनौं।’ 

क्रियाशील सदस्यता छानबिन गर्ने कार्यमासमेत देउवाले धाँधली गरेको उनको आरोप छ । 
 

प्रतिक्रिया दिनुहोस