ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले भेट गरेको छ ।
भेटमा अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएका छन् । उनले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताए ।
भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताईन् । । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउदैं सकारात्मक निर्णय हुनेमा आफु आशावादी रहेको उनको धारणा थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डसँग छलफल गर्न अखिल क्रान्तिकारीका पदाधिकारी खुमलटारमा
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान
जनसेवामा जुट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
नेपाल पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो : प्रचण्ड