राजनीतिक दलसम्बन्धी अध्यादेश पेस, प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते बस्ने

सफल खबर संवाददाता

बुधबार, २३ भदौ २०७८, १७ : ५६
राजनीतिक दलसम्बन्धी अध्यादेश पेस, प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोधका बीच पनि प्रतिनिधिसभाको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको छ । प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते दिनको १ बजे बस्ने भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोधबीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरेका हुन् ।

बैठकको शुरूमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । त्यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनय समेत गरेका थिए । एमाले अवरोधका कारण बैठक दुईपटक स्थगित भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस