काठमाडौ । राजनीतिक दलहरूको आयको महत्वपूर्ण हिस्सा चन्दा तथा सहयोग रकम अपारदर्शी बनेको छ ।
संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, दोस्रो ठुलो दल नेकपा (एमाले), चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले चन्दा तथा सहयोगबाट उल्लेख्य आम्दानी गरेका छन् तर लेखा परीक्षण प्रतिवेदन बुझाउँदा कुनै पनि दलले चन्दा दिनेको नाम खुलाएका छैनन् । कानुनले त्यस्तो आम्दानीको स्रोत र २५ हजार रुपियाँभन्दा बढी चन्दा दिनेको नाम खुलाउनुपर्ने व्यवस्था गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) ले आव २०७९/८० को विवरण बुझाउँदा चन्दा दिनेको नाम र सहयोग राशि खुलाए पनि गत आवको प्रतिवेदनमा सो विषय लुकाएको छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ३८ मा दलले कुनै व्यक्ति वा सङ्गठित संस्थाबाट २५ हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्किङ ट्रान्सफर वा चेकमार्फत मात्र गर्नुपर्ने व्यवस्था छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०१ चैत्र २०८१, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबैभन्दा धनी र नाफामा रहेको पार्टी एमाले, बाँकी दलले निर्वाचन आयोगमा बुझाए घाटाको हिसाब
राजनीतिक दलहरू एकले अर्कालाई झुक्क्याएर सत्ता प्राप्ति गर्ने तर्फ केन्द्रित छन् : मीनेन्द्र रिजाल