काठमाडौँ । नेपाली काँग्रेसका नेता मीनेन्द्र रिजालले पछिल्लो समय नेपालको राजनीतिमा एकले अर्कालाई झुक्क्याएर सत्ता प्राप्ति गर्ने तर्फमा केन्द्रित भएको बताएका छन्। नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै एक वर्षमा तीन पटक विश्वासको मत लिनुपर्ने स्थिति आउनुको मुख्य नायक नै प्रधानमन्त्री ‘प्रचण्ड’ भएको बताए।
उनले भने, ‘अहिले जसले जसलाई झुक्क्याएर सत्ता प्राप्त गरे पनि हुन्छ नेपालमा, गएको केही समयदेखि हामीले त्यही स्थापित गरेका छौँ। प्रधानमन्त्रीले हुँदा हुँदा आफैँ वर्षमा तीन तरिकाले विश्वासको मत लिनुपर्ने यो भन्दा लाज लाग्दो कुरा के हुन्छ भन्न थाल्नुभयो। तर, त्यसको मूल नायक त उहाँ नै हुनुहुन्छ नि। उहाँ नभएको बेलामा मैले गाली गर्न खोजेको होइन।’
उनले सरकारमा गएकाहरूले गएकै दिनदेखि जोगाउने र विपक्षमा बस्नेहरूले भत्काउने खेलमा लागिरहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले कार्यशैली बदल्नुपर्छ: पूर्णबहादुर खड्का
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव