काठमाडौँ । सरकारले सातौँ संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्यरूपमा मनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सरोकारवाला पदाधिकारीसहितको बैठकले आगामी असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्री देउवाको अध्यक्षतामा दिवस मनाउन मूल समारोह समिति र अन्य विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णयसमेत गरेको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले राससलाई जानकारी दिए ।
बैठकले संविधान दिवसका अवसरमा आमनागरिकलाई स्वतःस्फूर्तरूपमा दीपावली गर्न तथा विदेशस्थित नेपाली नियोग र निकायमासमेत नेपाली झण्डा फहराउन आग्रह गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ को सङ्क्रमणका कारण स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी सीमित व्यक्तिको उपस्थितिमा मात्र दिवसको मूल समारोह मनाउने निर्णय भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा भएको बैठकमा मन्त्रीहरु, नेपाल सरकारका मुख्यसचिव, सचिव, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १७ भदौ २०७८, २१ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकारले पहिलो पटक मनायो संविधान दिवस
टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
ओमानमा मनाइयो नेपालको राष्ट्रिय दिवस र संविधान दिवस
संविधान दिवस तीन दिन मनाइने