पर्वत । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो ।
परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ ।
राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उनले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ । बयालीस वर्षीया पुतली अहिले अवैधानिकरूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ । दूतावासमा परियारको मृत्यु प्रमाणपत्र भने आइसकेको छैन । पुतलीका आफन्तलाई कानुनी प्रक्रियालगायतमा सहजीकरणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ११ भदौ २०७८, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य
कुवेतको आगलागीमा जलेका ४५ शव एयर इण्डियाबाट भारत ल्याइयो
कुवेतको आवासीय भवनमा आगलागी : कम्तीमा ४० जनाको मृत्यु
कुवेतमा एकैपटक ३ सय भन्दा बढी नेपाली नर्स माग
कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य