कुवेतको आवासीय भवनमा आगलागी : कम्तीमा ४० जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ३० जेठ २०८१, १६ : ४६
कुवेतको आवासीय भवनमा आगलागी : कम्तीमा ४० जनाको मृत्यु

काठमाडौँ। कुवेतको मङ्गाफ शहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो ।

 

प्रवासी मजदुरहरू बस्ने उक्त भवनमा आगलागी भएको कुवेतका गृहमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।उक्त भवनमा नेपालीहरू समेत रहेको बताइए पनि त्यसको पुष्टि हुन सकेको छैन ।घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस