काठमाडौँ । यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै जितका लागि कुवेतलाई सो लक्ष्य प्रस्तुत गरेको हो ।
पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ । खेल दुबईस्थित दी सेभेन्स स्टेडियममा भइरहेको छ । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक युएई र थाइल्याण्ड सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुवेतको आगलागीमा जलेका ४५ शव एयर इण्डियाबाट भारत ल्याइयो
कुवेतको आवासीय भवनमा आगलागी : कम्तीमा ४० जनाको मृत्यु
कुवेतमा एकैपटक ३ सय भन्दा बढी नेपाली नर्स माग
कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य