कुवेतको आगलागीमा जलेका ४५ शव एयर इण्डियाबाट भारत ल्याइयो

सफल खबर संवाददाता

शनिबार, ०१ असार २०८१, ११ : ५०
कुवेतको आगलागीमा जलेका ४५ शव एयर इण्डियाबाट भारत ल्याइयो

भारत। कुवेतमा भएको अगालागीमा परेर ज्यान गुमाएका ४५ जना भारतीय नागरिकको शव हिजो भारत ल्याइएको छ । एयर इण्डियाको उडानबाट शव भारतको दक्षिणी राज्य केरलको कोची शहरमा ल्याइएको हो ।

भारतका सङ्घ तथा राज्यका सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरिसकेका छन् । कुवेतको माङ्गफ शहरमा गएको बुधवार भएको आगलागीमा परेर ५० जनाको ज्यान गएको थियो । त्यसमा ४५ जना भारतीय, तीन फिलिपिन्सका नागरिक रहेका छन् । अरु दुई जनाको पहिचान हुन सकेको छैन ।

यसैबीढच भारतको उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउँनेक्रममा चार जना वन अधिकारीको ज्यान गएको छ । अरु चार जना जलेर घाइते भएका सुरक्षा अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तराखण्डको राजधानी सहर देहरादुनबाट झण्डै तीन सय ७० किलोमिटर पूर्वमा रहेको अल्मोडा जिल्लाको सिभिल सोयाम वन डिभिजनअन्तर्गत रहेको बिनसर वन्यजन्तु आरक्षणमा आगलागी भएको हो । वनमा आगलागी हुनुको मुख्य कारण गर्मी र सुख्खा मौसम मानिएको छ ।

प्रतिक्रिया दिनुहोस