कोरोना अपडेट : थप २ हजार ६ सय २४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ३० साउन २०७८, १६ : २८
कोरोना अपडेट : थप २ हजार ६ सय २४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ७३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ६ सय ६७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९ सय ४७ जना र ४ हजार ९ सय ६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ०५ हजार १ सय ९० पुगेको छ ।