पाँचथर । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पाँचथरले जिल्लाका पाँच पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको छ ।
नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ प्रदेश कार्यसमितिको सहयोगमा शाखाले राससकर्मी काफ्लेसहित पत्रकार तुलसी क्षितिज, विजयबोध लावती, भीमकुमार बाँस्कोटा र दुर्गा खनाललाई लेखनवृत्तिबापतको चेक हस्तान्तरण गरेको हो । लेखनवृत्तिको रकम बिहीबार शाखाको कार्यालयमा आयोजित कार्यक्रममा चेकमार्फत शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले हस्तान्तरण गरे ।
कोभिड–१९ सङ्क्रमित तथा कोभिड–१९ को महामारीले समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने उद्देश्यसहित प्रतिव्यक्ति रु १० हजार राशिको लेखनवृत्ति प्रदान गरिएको शाखाका अध्यक्ष बाँस्कोटाले जानकारी दिनुभयो । लेखनवृत्ति पाएका पत्रकारले कोभिड–१९ सम्बन्धी सचेतनामूलक न्यूनतम दुई वटा विस्तृत समाचार सामग्री तयार पारेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २९ साउन २०७८, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त
पत्रकार महासंघको निर्वाचन असार २२ मा
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै
प्रजातन्त्र दिवसमा पत्रकारहरूलाई निषेध गरेको भन्दै क्यामरा डाउन
पत्रकारले मर्यादित तथा उत्तरदायी भएर कलम चलाऔँ : अध्यक्ष बस्नेत