राजनीतिक दललाई भीडभाडको कार्यक्रम नगर्न प्रधानमन्त्री देउवाको आग्रह

सफल खबर संवाददाता

शनिबार, २३ साउन २०७८, १८ : ४४
राजनीतिक दललाई भीडभाडको कार्यक्रम नगर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण राजनीतिक दलहलाई भीडभाडको कार्यक्रम नगर्न आग्रह गरेका छन् । 

उनले अतिआवश्यक परे मात्रै घरबाहिर निस्कन नागरिकहरुलाई आग्रह गरे। आजदेखि शुभारम्भ भएको मास्क अभियानका लागि गरेको भिडियोमा देउवाले मास्कको उचित प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आह्वन गरेका छन्।

स्वाथ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले मास्क अभियानको शुभारम्भ गरेका छन् । अभियानको शुभारम्भ गर्दैै उनले मास्कको उचित प्रयोग नभएकाले अभियानमार्फत मास्क लगाउन प्ररेति गर्नुपर्ने बताए।

साउन २९ गतेसम्म मुलुककै ७७ वटै जिल्लामा मास्क लगाउन प्रेरित गर्ने जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस