काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ दुई जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले पौडेल र यादवलाई हटाउने निर्णय गरेको थियो । पौडेलको स्थानमा पृथ्वीमान गुरुङ र यादवको स्थानमा अमिक शेरचन नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो ।
नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका प्रदेश प्रमुखले फिर्ता गरे दुई विधेयक
बागमती प्रदेश प्रमुख देवकोटाद्वारा पदभार ग्रहण
तीन प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस
सरकारले गर्यो तीन प्रदेश प्रमुख हेरफेर
दुई प्रदेशका प्रमुखबीच समन्वय र सहकार्यबारे छलफल
सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि आह्वान