दुई प्रदेशका प्रमुखबीच समन्वय र सहकार्यबारे छलफल

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, २१ : ४०
दुई प्रदेशका प्रमुखबीच समन्वय र सहकार्यबारे छलफल

कैलाली । कैलालीमा दुई प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । धनगढीस्थित प्रदेश प्रमुख निवासमा सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ र गण्डकीका प्रमुख डिल्लीराज भट्टबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा दुबै प्रदेश प्रमुखबीच समन्वय र सहकार्य गरी अगाडि बढ्ने विषयमा छलफल भएको थियो । संविधान कार्यान्वयन गर्दै अगाडि बढ्ने दुवै प्रदेश प्रमुखहरूले बताएका थिए । दुवै प्रदेश प्रमुखहरूले एक अर्कालाई शुभकामना दिएका थिए ।

गण्डकी प्रदेश प्रमुख भट्टको गृह नगर धनगढी हो । आफ्नो गृह प्रदेशमा प्रमुख भएर आएको भन्दै सुदूरपश्चिमका प्रमुख मियाँलाई गण्डकीका प्रमुख भट्टले स्वागत समेत गरेका थिए । उनले गण्डकी भ्रमणको निम्तो समेत दिए ।

 

प्रतिक्रिया दिनुहोस