काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संघीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था नरहेको बताएका छन् । बिहीबार संखुवासभको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले संघीयताले देशको सुन्दर पक्ष उजागर गरेको बताए ।
उनले संसद्का दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारलाई अल्मलिएर बस्ने छुट नभएको स्पष्ट पारे । मुलुकको राजनीतिक स्थायित्वका लागि सरकार गठन भएको उनको भनाइ छ ।
‘मुलुकमा राजनीतिक परिवर्तन ल्यायौं, अब आर्थिक परिवर्तन गरेर समृद्ध नेपाल निर्माणमा अगाडि बढ्नुछ’, उनले भने । मन्त्री खड्काले संखुवासभा अथाह सम्भावना बोकेको जिल्ला भएकाले यहाँका स्रोत साधनको उचित प्रयोग गरेर समृद्ध जिल्ला निर्माणमा लाग्नुपर्ने बताए ।
उनले जनताको जलविद्युत कार्यक्रममार्फत् गरिबीको रेखामुनिका जनतालाई स्रोतमाथिको अधिकार सुनिश्चित गर्न प्रत्येक घरधुरीलाई आयोजनाको क्षमता हेरेर २ लाखदेखि पाँच लाखसम्म बिनाधितो जलविद्युतको सेयरका लागि सहुलियत दरमा ऋणको व्यवस्था गरिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जामन्त्री खड्काको भारत भ्रमण : यस्ता छन् विद्युत् पूर्वाधार निर्माणमा भएका महत्त्वपूर्ण सहमति
दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध छ : उर्जामन्त्री खड्का
विद्युत् व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ : मन्त्री खड्का
सुनसरी-मोरङ सिँचाइ आयोजनाको समस्या तत्काल समाधान गर्न मन्त्री खड्काको निर्देशन
सरकारले एक वर्षभित्र सबैको घरमा विद्युतीकरण हुनेगरी काम अघि बढाइएको छ : ऊर्जामन्त्री खड्का
व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का