काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ ।बिहीबार १८.६७ अंकले बढेर ३ हजार ०४.३३ अंकमा पुगेको छ । बजारमा कारोबार रकम भने झण्डै ११ अर्ब ११ करोड ४१ लाख भएको छ ।
बिहिवार कुल २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार कित्ता सेयर कारोबार भएको छ । आज कुल १ लाख १४ हजार ७७२ वटा कारोबार भएको छ ।बिहिवार कुल १३ उपसमुहको कारोबार भएकोमा ५ उपसमुहको मात्र मूल्य बढेको छ । बिहीवार म्युचल फन्ड उपसमुह सबैभन्दा धेरै ५.२७ प्रतिशतले बढ्यो ।
आज सबैभन्दा धेरै लक्ष्मि उन्नति कोषको मूल्य सबभन्दा धेरै १०.०४ प्रतिशतले बढ्यो ।
सीइडीबी हाइड्रोपावर बिकास कम्पनी, ङादी ग्रुप पावरको समेत सर्किट लेवलमा कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर, बरुण हाइड्रोपावर, विशाल बजार कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घट्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२८२१ अंकमा झर्यो सेयर बजार
२८४६ अंकमा झर्यो सेयर बजार
२९ सय नाघेर झर्यो सेयर बजार
सेयर बजारमा उच्च वृद्धि
बढ्यो सेयर बजार
बढ्यो सेयर बजार, ११ अर्ब नाघ्यो कारोबार