काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाल शिक्षक महासङ्घले आपत्ति जनाएको छ। नेपाल मेडिकल कलेजको कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षकहरूप्रति अमर्यादित टिप्पणी गरेका थिए। उनले सार्वजनिक रूपमा अभिव्यक्ति दिएको कहिदिनपछि मात्रै महासङ्घले आपत्ति जनाएको हो ।
सङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले एक विज्ञप्ति जारी गर्दै शिक्षक समुदायमाथि असहिष्णु र अशोभनीय अभिव्यक्ति दिएको बताए । 'नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट हालसालै कुनै सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै गर्दा नेपाली शिक्षक समुदाय माथि गरिएको असहिष्णु र अशोभनीय अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ।
देशमा गुणस्तरीय शिक्षाको विकास र विद्यार्थीको भविष्यको लागि अहोरात्र खटिइरहेका शिक्षक माथि यस्तो अमर्यादित र हेपाहा अभिव्यक्ति राखिनु निन्दनीय भएको बताए । उनको अभिव्यक्ति कडा रूपमा विरोध गर्ने अध्यक्ष सुबेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। आगामी दिनमा नेपाली शिक्षक-कर्मचारीलाई लाञ्छित गर्ने खालका यस्ता अशोभनीय र असान्दर्भिक अभिव्यक्ति नराख्न समेत महासङ्घले चेतावनी दिएको छ।
शिक्षकहरूको किन तनखा बढाउने भन्दै प्रश्न गरेका थिए। ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकको तनखा बढाउन नहुने उनको भनाइ थियो । ५२ प्रतिशत अभिभावक तथा युवाहरूको सपना एसईईमै सकिने बताउँदै यस्तो प्रणाली नै खारेज गर्नुपर्ने बताएका थिए। उनको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेका बेला महासङ्घले भने आधिकारिक धारणा सार्वजनिक गरेको थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपलब्धिहरूलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अघि बढौँ: प्रधानमन्त्री
स्वदेशमै रोजगारीमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह
बजेट तयारीबारे मन्त्री र सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्रीले आज मधेस प्रदेश सभालाई सम्बोधन गर्ने
शिक्षकका जायज माग सम्बोधन गर्न तयार छौँ : प्रधानमन्त्री
थाइल्यान्ड भ्रमण सकाएर नेपाल फर्कँदै प्रधानमन्त्री ओली