बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, २० फागुन २०८१, ११ : ११
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ६९ हजार ५०० रुपैयाँ पुगेको हो।  

यस दिन चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस