वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा फर्किएपछि पहिलो पटक अमेरिकी कङ्ग्रेस (संसद्)लाई सम्बोधन गर्दै ‘अमेरिका फर्किएको’ घोषणा गरेका छन् ।
आफ्नो कट्टरपन्थी नीतिको प्रशंसा गर्दै डेमोक्र्याटिक पार्टीको शत्रुताको सामना गरे पनि युक्रेनमा सफलताको घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले अर्बपति सल्लाहकार एलन मस्कले संघीय कर्मचारीतन्त्रमाथि गरेको विवादास्पद हस्तक्षेपको बारम्बार प्रशंसा गर्दै भने, “मेरो प्रशासन ‘भर्खर सुरु हुँदैछ।”
सन् २००० मा बिल क्लिन्टनको ‘स्टेट अफ द युनियन’को भाषणको लम्बाईलाई रेकर्ड तोडेको एक घण्टा ४० मिनेट लामो भाषणमा ट्रम्पले भने, ‘अमेरिकी सपना अजेय छ ।
जेम्स ट्रस्लो एडम्स द्वारा १९३१ मा महामन्दी को समयमा लोकप्रिय भएको ‘अमेरिकन ड्रिम्स’ भनेको संयुक्त राज्य अमेरिकाको कथित राष्ट्रिय लोकाचारलाई जनाउने वाक्यांश हो । यसको अर्थ अमेरिकी प्रत्येक व्यक्तिसँग सफल हुने र राम्रो जीवन प्राप्त गर्ने स्वतन्त्रता र अवसर छ भन्ने हो।
लगभग हरेक वाक्यांशसँगै रिपब्लिकन पार्टीका सदस्यहरूबाट ठूलो तालीको गडगडाहट पाएको उक्त सम्बोधनमा ट्रम्पले छुट्टाछुट्टै दुई पटक स्पेसएक्स र टेस्लाका मालिक मस्कको नाम उच्चारण गरेका थिए ।
सम्बोधनमा तालिको गडगडाहट कै केही मिनेटमै विपक्षी सांसद्बाट विरोध गरिएको थियो ।
विरोधका क्रममा स्वास्थ्य सेवाका कार्यक्रमहरूलाई लिएर ट्रम्पको विरोध गरिरहेका डेमोक्र्याटहरूले चुपचाप ‘झूटो’, ‘मस्कले चोरी गरे’ र ‘यो झूट हो’ जस्ता प्लेकार्डहरू बोकेर सभा हलमा उभिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको सहयोग रोक्ने ट्रम्पको निर्णय
मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
ट्रम्पले जेलेन्स्कीलाई दिए बहादुरको संज्ञा
पोल्यान्डका राष्ट्रपति डुडा र ट्रम्पबिच भेटवार्ता
एमसीसी स्थगित गरेकोमा विप्लवले ट्रम्पलाई दिए धन्यवाद
ट्रम्प र जेलेन्स्कीसँग फ्रान्सेली राष्ट्रपति म्याक्रोनको फोन