काठमाडौँ । राजसंस्था पुनः स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विशाल मोटरसाइकल र्याली निकालेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले र्यालीको नेतृत्व गरेका छन् ।
राप्रपाले राजसंस्था पुनः स्थापना, प्रदेश खारेजी, हिन्दू राज्य र भ्रष्टाचार अन्त्यको माग गर्दै र्याली आयोजना गरेको हो ।
बबरमहलबाट निस्किएको र्याली दरबारमार्ग पुगेको छ । नारायणहिटी दरबारको दक्षिण गेट अगाडि राप्रपाले प्रदर्शन गरिरहेको छ ।
अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय झण्डा ठड्याएको मोटरसाइकल आफैँले चलाएर दरबारमार्ग पुगेका थिए । मोटरसाइकलको पछाडि उनले एक कार्यकर्तालाई चढाएका थिए । र्यालीमा राप्रपाका अन्य शीर्ष नेता पनि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: राप्रपा
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
बल्खुमा राप्रपाको खबरदारी सभा (तस्बिरहरु)
बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै
राप्रपाले आज जुलुससहित सभा गर्ने, सीसी क्यामेरा र ड्रोनबाट निगरानी