बोरिङ गर्दा निस्केको आगोको ज्वाला निभाउने प्रयास जारी

सफल खबर संवाददाता

मंगलबार, २० फागुन २०८१, १२ : ४९
बोरिङ गर्दा निस्केको आगोको ज्वाला निभाउने प्रयास जारी

काठमाडौँ । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला निभाउने प्रयास जारी छ ।

बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ । स्थानीय र सुरक्षाकर्मीले हिलो, माटो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर, आगो निभेको छैन ।

ललितपुर प्रहरी परिसरले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको बताएको छ । एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो । पानी हाल्दा झन् बल्ने भएकोले आगो निभाउन समस्या भएको छ ।

 

प्रतिक्रिया दिनुहोस