काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७५८ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.३५ अंक बढेको हो । आजसहित लगातार छैटौं कारोबार दिन बजार बढेको हो ।
सेयर बजार बढ्दा कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ११ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ११ अर्ब ८ करोडको भयो । ९० कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने ९ को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै २.५ प्रतिशत बढ्यो । लगानी ०.९८, उत्पादन ०.९७ र बैंकिङ ०.०९ प्रतिशत बढे ।
फाइनान्स समूह सबैभन्दा धेरै १.२१ प्रतिशत घट्यो । विकास बैंक ०.०९, होटल तथा पर्यटन ०.८७, हाइड्रोपावर ०.१५, जीवन बीमा ०.९२, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.७४ र व्यापार ०.२६ प्रतिशत घटे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । राप्ती हाइड्रोको ९.४, बोटलर्स नेपाल बालाजुको ८, नेपाल हाइड्रो डेभलपर्सको ७.१ तथा नेपाल पुनर्बीमा कम्पनीको मूल्य ६.४ प्रतिशत बढ्यो ।
विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ५.४२, लक्ष्मी लघुवित्तको ५.३८, रिलायन्स फाइनान्सको ४.६८ तथा एनएलजी इन्स्योरेन्सको ४.४८ प्रतिशत घट्यो ।
हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ८९ करोड ३५ लाखको कारोबार भयो । त्यस्तै नेपाल पुनर्बीमाको ८० करोड ६७ लाखको कारोबार भयो । त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर तथा सीईडीबी होल्डिङस् क्रमशः कारोबार रकमका आधारमा अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२७ सय ५५ को विन्दुमा पुग्यो नेप्से, साढे ११ अर्ब नाघ्यो कारोबार
सातामा नेप्से ६५.२७ अंकले वृद्धि
सेयर बजार २७४३ अंकमा पुग्यो
सेयर बजारमा आज १० अर्ब नाघ्यो कारोबार
सेयर बजार २७ सय नजिक पुग्यो, साढे ९ अर्बको कारोबार
२६७८ अंकमा झर्यो सेयर बजार