एजेन्सी । बेलायतमा एकैदिन ३५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन्, जिन संख्या जनवरी २३ यताकै उच्च हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा ३५ हजार ७०७ नयाँ संक्रमित थपिएका छन् ।
गतहप्ता शुक्रबार २६ हजार ७५८ जना संक्रमित रहेकोमा यो हप्ता संक्रमित संख्या ९ हजारले बढेको हो । बेलायतमा कोरोनाको तेस्रो लहर शुरु भएयता यो सबैभन्दा बढी हो । यससंगै बेलायतमा कुल संक्रमितको संख्या ५० लाख ५८ हजार नाघेको छ । सरकारको पछिल्लो तथ्यांक अनुसार इंग्ल्याण्डमा कोरोना संक्रमण मापन दर (आर) १.२ देखि १.५ को बीचमा रहेको छ । गत हप्ता यो संख्या १.१ देखि १.३ को बीचमा कायम थियो ।
संक्रमण दरमा वृद्धि भएपनि मृतक संख्या भने यथावत नै रहेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोनाबाट एक लाख २८ हजार ३६५ जनाको निधन भइसकेको छ ।कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्यमा पनि सामान्य वृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार एकदिनमा ५०९ जना संक्रमित अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या दुई हजार ७३१ रहेको स्वास्थ्य विभागले जानेको छ । भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या ४१७ रहेको छ ।
कोरोनाविरुद्धको खोप वितरण शुरु गरिएयता बेलायतमा ८ करोड भन्दा बढी डोज वितरण भइसकेको छ । यहाँ ६५ दशमलव ३ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८६ दशमलव ८ प्रतिशतले पहिलो डोज लगाएका छन् ।पछिल्लो तथ्यांक अनुसार बेलायतमा ८ करोड ७२ हजार १२१ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५६ लाख ९७ हजार ८७५ जनाले पहिलो र तीन करोड ४३ लाख ७४ हजार २४६ जनाले दोस्रो डोज लगाएका छन् ।
बेलायतमा संक्रमण दर बढ्दै गएको छ भने सरकारले लकडाउन हटाउने घोषणा गरिसकेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आगामी जुलाई १९ मा लकडाउन खोल्ने होलने घोषणा गरेका छन् । यसैगरी दुवै डोज खोप लगाइसकेकाहरुलाई सरकारले यात्रा प्रतिबन्धको नियम पनि सहज गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २६ असार २०७८, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते