दुई ठूला जलविद्युत आयोेजनाका लगानी ९७ अर्ब वैदेशिक लगानी स्वीकृत

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, १६ : १३
दुई ठूला जलविद्युत आयोेजनाका लगानी ९७ अर्ब वैदेशिक लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले दुई ठूला जलविद्युत आयोजना निर्माणका लागि ९७ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४७ औं बैठकले तमोर र मनाङ मस्र्याङदी जलविद्युत आयोजनाका लागि उक्त लगानी स्वीकृति दिने निर्णय गरेको हो । 
७६५ मेगावाटको तमोर र १४० मेगावाटको मनाङ मस्र्याङदी दुबै जलविद्युत आयोजना निर्माणका लागि लगानीको स्वीकृति चिनियाँ कम्पनीले पाएका छन् । 
योसँगै अब यी दुई आयोजनाको कामले गति पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस