पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्षमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि पोखरामा सूर्यदर्शन सहकारीका पीडितहरूले पनि सडक प्रदर्शन गरेका छन् । रास्वपाले जिल्ला प्रशासन कार्यालय अगाडि शहिदचोकमा प्रदर्शन गरिरहेका छन् । सोही ठाउँमा सहकारी पीडितहरू पनि नाराबाजीसहित उपस्थित छन् ।
पीडितहरूले आफ्नो पीडामा सहयोग गर्नुको सट्टा पीडित विरोधी प्रदर्शन गरेको आरोप लगाएका छन् । ‘कुनै रवि वा अमुक व्यक्तिको कुरा भएन । यो त पार्टीको जस्तो भयो,’ सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘हामीले न्याय मागेको हो ।उहाँहरू न्यायको विरुद्ध प्रदर्शनमा उत्रिनुभयो ।
हामी पनि बचाउका लागि सडकमा झर्न बाध्य भयौँ ।’उनीहरुले रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने माग राखेका छन् । रविले गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन गरेको आरोप पीडितहरूको छ । पीडितहरूले प्रशासन कार्यालयको गेट अगाडी प्रदर्शन गरेका हुन् ।
पीडितले रवि पक्राउको माग गर्दा रविका समर्थकहरूले चाहिँ कुनै हालतमा पक्राउ गर्न नहुने चेतावनी दिएका छन् । रास्वपा गण्डकीका सभापति राजन गौतम चाहिँ आफूहरू पीडितकै पक्षमा भएको बताउँछन् ।
कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘हामी फासिस्ट सरकारका विरुद्ध मैदान ओर्लिएका डौँ । सहकारी पीडितलाई दुःख दिन आएका होइनौँ । उहाँहरूको न्यायका लागि नै जुटेका हौँ ।’
पीडितहरूले सहिद चोकमा न्याय माग्दै प्रदर्शन गरिरहेका छन् । उनीहरुले यसअघि रवि लामिछाने पोखरा आएको कार्यक्रममा समेत प्रदर्शन गरेका थिए भने कालो झन्डा देखाएर विरोध जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते
पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला नहुन सीडीओको आदेश
आफ्ना कुरा राख्न सहकारी पीडितहरू संसदीय विशेष समितिमा
सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन
पोखरामा सहकारी पीडितले प्रधानमन्त्रीलाई देखाए कालो झन्डा
गृहमन्त्रीको राजीनामा माग्दै सहकारी पीडितको प्रदर्शन