काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) ५९ अंकले घटेको छ । सोमबार २६०७ बिन्दुबाट सुरु भएको कारोबार लगातार घट्दै परिसूचक २५२९ बिन्दुमा झरेको छ ।
घटेको बजारमा कारोबार रकम पनि कम भएको छ । आज कुल ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार २२९ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको बढ्दा एक कम्पनीको मूल्य भने स्थिर रह्यो । आज कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो ।
यसको २१ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो नम्बरमा रहेको सीईडीबी हाइड्रोपावरको १३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । आज हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतले बढ्यो । एक्सले विकास बैंकको ८ प्रतिशतले बढेको छ । बढेका अन्य कम्पनीहरूको मूल्य ६ प्रतिशत पनि छोएको छैन ।
सोमबार सूचीकृत सबै उपसमूहको सूचक घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता १.९४ प्रतिशत बढ्यो सेयर बजार
२०८२ को पहिलो कारोबार दिन बढ्यो सेयर बजार
नेप्से परिसूचक आठ अङ्कले घट्यो
सेयर बजार २६७० अंकमा
बढ्यो सेयर बजार
३.४४ अंकले घट्यो सेयर बजार