इन्टरपोलको बैठकमा भाग लिन ग्रिस उडे आईजीपी कुँवर, राईलाई निमित्तको जिम्मेवारी

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, ११ : ४५
इन्टरपोलको बैठकमा भाग लिन ग्रिस उडे आईजीपी कुँवर, राईलाई निमित्तको जिम्मेवारी

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर ईन्टरपोलको महासभामा भाग लिन ग्रिसतर्फ प्रस्थान गरेका छन् । लागुऔषध ओसारपसार एवं नियन्त्रणसम्बन्धी कार्यशालामा भाग लिन कुँवर आइतबार बिहान ग्रिस उडेका हुन् ।

पाँच दिनसम्म चल्ने कार्यशालामा सहभागी भएर असोज १५ गते कुँवर स्वदेश फर्कने कार्यक्रम रहेको प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस