श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौँमा

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, १५ : ४०
श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौँमा

काठमाडौँ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । साेमबार बिहान काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका छन् । राजपाक्षे डुक एयरको उडान नम्बर ४०० बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

पत्नीसहित नेपाल आएका राजपाक्षे सहभागी हुने कार्यक्रमहरूमा सुरक्षा व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले  बताए । राजपाक्षे चितवन पनि जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस