प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बसेको बैठक फेरि स्थगित

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, १४ : ५७
प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बसेको बैठक फेरि स्थगित

काठमाडौँ ।  श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक मङ्गलवारसम्मका लागि स्थगित भएको छ । सोमबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकमा

प्रस्तावित राजदूत भट्टराईका थप कागजपत्रहरू उपलब्ध हुन नसकेको र सांसदहरूको सङ्ख्या अपुग भएपछि मङ्गलवारसम्मका लागि स्थगित भएको हो ।

प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट नभएपछि उनको नाम समितिबाट अनुमोदन हुन बाँकी थियो । यसअघि समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको थियो ।

भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको थियो । तर उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन्।  भट्टराई नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस भएका हुन् । 

प्रतिक्रिया दिनुहोस