पोखरा। सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो ।
विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो । आइतबारै पक्राउ पुर्जी जारी गरेर प्रक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमबार उपस्थित गराइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले माग्यो छविलाल जोशीलाई थुनामा पठाउनुको कारण
पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा
प्रहरीले छविलाल जोशीलाई बयानका लागि चितवन ल्यायो
छविलाल जोशीसँग आज पनि बयान शरु