साउथ स्टार चिरञ्जीवीको नाम गिनिज वर्ल्ड रेकर्डमा

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, १३ : ०९
साउथ स्टार चिरञ्जीवीको नाम गिनिज वर्ल्ड रेकर्डमा

नयाँदिल्ली । दक्षिण भारतीय फिल्मस्टार चिरञ्जीवी कोनिडेलाको नाम गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ । भारतीय फिल्म उद्योगमा उनको उत्कृष्ट कामको लागि गिनिज वर्ल्ड रेकर्डले सम्मान गरेको छ ।

आइतबार हैदराबादमा आयोजित एक कार्यक्रममा यो सम्मान प्रदान गरिएको हो । बलिउड स्टार आमिर खानले चिरञ्जीवीलाई यो प्रमाणपत्र दिएका थिए । चिरञ्जीवीको नाम १५६ फिल्ममा ५३७ गीतमा २४ हजार डान्स मूभ प्रदर्शन गरेर गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको हो ।

‘म यो क्षण कहिल्यै बिर्सने छैन । नृत्यको लागि सम्मानित हुनु ठुलो कुरा हो । डान्सले मलाई स्टार बनायो ।’  सम्मान समारोहमा उनले भनेका थिए । आमिर खानले भने, ‘तपाईंहरूजस्तै म पनि चिरञ्जीवी गारुको फ्यान हुँ । उनी मेरो ठूल्दाजु जस्तै छन् । उनलाई जुनसुकै गीतमा हेरौँ, उनी मनैदेखि नाच्छन् । उनीबाहेक आँखै अन्त जाँदैन ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले पनि अवार्ड पाएको भिडियो शेयर गरेर चिरञ्जीवीलाई एक्सलाई बधाई दिएका छन् । ‘गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकोमा म मेगा स्टार र पद्मविभूषणबाट सम्मानित चिरञ्जीवी गारुलाई बधाई दिन चाहन्छु ।

उनले आफ्नो कला मार्फत तेलुगु सिनेमामा अतुलनीय योगदान दिएका छन् । यसले विश्वभर तेलुगुको सम्मान बढाएको छ ।’

प्रतिक्रिया दिनुहोस