बैंक र सरकारी कार्यालय आजबाट पूर्णरुपमा खुल्ने

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, १२ : ५१
बैंक र सरकारी कार्यालय आजबाट पूर्णरुपमा खुल्ने

काठमाडौं । दोस्रो चरणको लकडाउनको कारण बन्द भएका सरकारी कार्यालय र सिमित मात्रै खुलेका बैंक आजबाट पूर्णरुपमा खुल्ने भएका छन् । बैशाख १६ गतेबाट सरकारले कोरोना नियन्त्रणको लागि गरेको स्थगित भएको सेवाहरु आजबाट खुल्न थालेको हो ।

सरकारले स्मार्ट लकडाउन लागाउदै सर्वसाधारणको जनजीवन सहज गराएको हो । आज ५५ दिनपछि सरकारी कार्यालय, बैंक र बीमा पूर्णरुपामा सञ्चालन सुरु भएका हुन् ।सार्वजनिक यातायात र भीडभाड हुने बाहेक अन्य सेवाहरु स्वास्थ्यको मापदण्ड पुरा गरेर सञ्चालन भएका छन् । आजबाट बार अनुसार पसलहरु सञ्चालन हुने छन् । खाद्यान्न, दुध, फलफूल र माछामासु पसल भने लकडाउनमा पनि सञ्चालन भएका थिए ।

भने आजबाट डिपार्टमेन्टल स्टोर, शपिङ मल, खेलकुद सामाग्री पसल, जुत्ता, फेन्सी, कस्मेटिक, गिफ्ट तथा टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि ४ बजेसम्म खुुल्नेछ । सुन, भान्साजन्य, विद्युतीय पसल, अटोमोबाइल्स शोरुम, पार्टर्स पसलहरु आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने छन् ।आइतबार, मंगलबार र बिहीबार निर्माण सामाग्रीका पसल साँझ ६ बजेसम्म, अटो वर्कशप र होम डेलिभरी साँझ ७ बजेसम्म खुल्ने छन् ।

प्रतिक्रिया दिनुहोस