वाइसिएल र अखिल क्रान्तिकारी चितवनद्धारा रक्तदान कार्यक्रम सम्पन्न

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, १५ : ०३
वाइसिएल र अखिल क्रान्तिकारी चितवनद्धारा रक्तदान कार्यक्रम सम्पन्न

चितवन। वाइसिएल चितवन र नेपाल अखिल क्रान्तिकारी चितवनले मंगलबार राप्ती नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।राप्ती नगरपालिका वडा नम्बर ७ बिरेन्द्र आदर्श माविको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ११ जना महिला सहित ८१ जनाले रगत दान गरिएको वाइसिएल नेपाल राप्तिका सह इन्चार्ज प्रजित रुवालीले जानकारी दिए ।

वाइसिएल नेपाल चितवनका अध्यक्ष मधु न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष यम बहादुरपरियार इन्द्रजित रहेका थिए ।कार्यक्रममा माओवादी केन्द्र चितवनका सदस्य तथा राप्ती नगरका इन्चार्ज मान बहादुर स्याङ्बो, माओवादी केन्द्र राप्तिका अध्यक्ष रामचन्द्र पाठक ,सचीव नवराजपाठक श्याम नेकपा एमालेका नेता घनश्याम कंडेल ,वाइसिएल राप्तिका इन्चार्ज सन्देश घलान लगाएतको उपस्थिति रहेको थियो ।

चितवनको विभिन्न पालिकामा वाइसिएल चितवन र नेपाल अखिल क्रान्तिकारी चितवनको आयोजनामा यो भन्दा अगाडि नै रक्तदान कार्यक्रम सप्पन्न गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस